चितवनको खैरहनीमा रहेको एनसेलको टावरमा आगजनी

चितवन , १३ माघ ।
चितवनको खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समुहले आगजनी गरेको छ । खैरहनी नगरपालिका वडा नम्बर २ मा रहेको एनसेलको टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको हो । ढमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगजनीबाट जेनेरेटर र ट्रान्सफर्ममा क्षती पुगेको छ । केशबराज दवाडीको जग्गामा राखिएको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । टावर राखिएको स्थानको गेट खोलेर जुटको बोरा प्रयोग गरेर आगो लगाइएको प्रारम्भीक रुपमा खुलेको छ । आगो लगाउने समूहको खोजि कार्य भईरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्तीले जानकारी दिए ।

त्यस्तै गएराति नै चितवनकै शत्तिखोरमा समेत एनसेलको टावरमा आगजनीको प्रयास भएको छ । शत्तिखोरमा रहेको टावरमा आगजनीको प्रयास भएतापनि ठूलो आगो लाग्न नपाएकाले क्षती नभएको प्रहरीले जनाएको छ ।