गायिका आस्था राउत एकदिन प्रहरी हिरासतमै रहने

गायिका आस्था राउत एकदिन प्रहरी हिरासतमै रहने

काठमाडौं ,१३ माघ

गायिका आस्था राउत एकदिन प्रहरी हिरासतमै रहने भएकी छन् ।

उनलाई यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार दिन हिरासतमा राख्‍न अनुमति दिएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले आजै टुंग्याउने तयारी भए पनि समय अभावका भएको बताए । उनले आस्था एकदिन हिरासतमै रहने जानकारी दिएका छन् ।

उनले भने, भोलि कार्यालय समयपछि सरकारी वकिल कार्यालयमार्फत आस्थालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराइने छ । सम्भवतस् भोलि नै मुद्दा टुंग्याउने पहल हुनेछ ।

भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ ।

उनले सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भन्दै प्रहरीले पनि उक्त विषयमा अनुसन्धान सुरु गरेको थियो ।

विमानस्थलमा खटिएकी प्रहरी जवानले उनीविरुद्ध जाहेरी दिएकी थिइन् ।

विमानस्थल स्रोतबाट बाह्रखरीलाई प्राप्त सीसीटीभी फुटेजमा प्रहरीले उनलाई ज्याकेट खोल्न आग्रह गर्दा हतार गर्दै कफी छाडेर हिँड्न लागेपछि प्रहरीले नै उनलाई कफी लैजान आग्रह गरेको भिडियोमा देख्न सकिन्छ ।