भ्रमण बर्षको अवसरमा मलेसिया र श्रीलंकाका राजदुत चितवनमा

भ्रमण बर्षको अवसरमा मलेसिया र श्रीलंकाका राजदुत चितवनमा

चितवन , १३ माघ

नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० को अवसरमा दुई देशका राजदुत चितवन भ्रमणमा आएका छन् । मलेसिया र श्रीलंकाको नेपाल स्थित दुतावासका राजदुतहरु चितवनको सौराहा घुम्न आएका हुन् । बागमती प्रदेश सरकारको निमन्त्रणमा पर्यटकिय क्षेत्र सौराहा घुम्न आएका हुन् ।

मलेसियाका राजदुत अमहद फदिल इस्मेल र श्रीलंका राजदुत हिमाली अरुणतिलका दुई दिने भ्रमणको लागि चितवन आएका हुन् । चितवनको सौराहा आएका राजदुतहरुले चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी , हात्ती फुटबल , विभिन्न जातजातीहरुको सास्कृतिक क्रियाकलाप , र्दुलभ एकसिगें गैडाँ देख्नुको साथै खोरसोर स्थित हात्ती प्रजनन केन्द्रको अवलोकन समेत गरेका थिए ।

 

चितवन आएका राजदुतहरुलाई रत्ननगर नगरपालिकाका प्रमुख नारयण वन , उप मेयर विमलादेवी दुवाडी र सौराहाका होटल व्यवसायीहरुले स्वागत गरेका थिए । राजदुतहरु एकरात सौराहा बसेर हेटौडा जाने कार्यक्रम रहेको छ । राजदुतहरुसँगै सौराहाका आएका नेपाल भ्रमण बर्ष २०२०का मूल समिती संयोजक सुरज बैधले भ्रमण बर्ष सफल पार्न विभिन्न देशको प्रतिनिधित्व गरेर नेपालमा रहेका राजदुतहरुको बिशेष भूमिका हुनेभएकाले राजदूतहरुलाई सौराहा घुमाउन ल्याइएको बताए ।