भरतपुर अस्पतालमा चितवनका एक सहित दुई संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा चितवनका एक सहित दुई संक्रमितको मृत्यु

चितवन, १२ मङ्सिर ।

भरतपुर अस्पतालमा आज (शुक्रबार) चितवनका एक सहित दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएका भरतपुर–१७ का ७७ बर्षीय एक पुरुषको आज बिहान ५ः१५ बजे मृत्यु भएको अस्पतालले बताएको छ । कोरोना संक्रमण पुष्टि भएपछि मात्रै उनी मंसिर ५ गते अस्पताल भर्ना भएका थिए । ज्वरो, खोकी र श्वासप्रस्वासमा समस्या भइ अस्पताल भर्ना भएका उनको कोभिड आईसियूमा राखी उपचार गर्ने क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
त्यस्तै, आज शुक्रबार नै हेटौंडा–१० बस्ने ५७ बर्षीय कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए । मंसिर ८ गते संक्रमण पुष्टि भएकी महिला मंसिर ११ गते मात्रै अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ । अस्पताल भर्ना भएकै दिन कोभिड आइसियूमा राखी उपचार गर्ने क्रममा कोभिड निमोनियाका कारण आज बिहान ६ बजे उनको मृत्यु भएको अस्पतालले बताएको छ ।