
काठमाडौँ,१२ मंसिर ।
शुक्रबार देशभर १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार २ सय ३६ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १० हजार ६ सय ७१ पुगेको छ।
पछिल्लो २४ घण्टा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४३५ पुगेको छ। यस्तै हालसम्म ६०१ जना क्वारेन्टिनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ।