उत्प्रेरणा सहकारीद्धारा सिद्धिमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

चितवन , १२ मंसिर । 
उत्प्रेरणा वचत तथा ऋण सहकारी संस्थाले सिद्धिका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले कालिका नगरपालिका १० सिद्धिमा रहेको सिद्धि छात्रावासमा रहेका ४० जना विद्यार्थीहरु लाई आज शैक्षिक सामाग्री वितरण गरिएको हो ।

विद्यार्थीहरुलाई शैक्षिक सामाग्री अभाव भएको जानकारी पाएपछि १२ दर्जन कपी ,कलम लगायतको स्टेशनरी सहित मास्क समेत विरतण गरिएको कार्यक्रम संयोजन एवंम् सामाजिक अभियन्ता मुरली प्रसाद गजुरेलले जानकारी दिए । कापी कलमको अभावले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या परिरहेको बेला सहयोग पाएको भन्दै छात्रावासका संचालक भरत चेपाङले खुसी व्यक्त गरे ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको र आगामी दिनमा समेत अतिआवश्यक विपन्न तथा गरिव विद्यार्थीहरुलाई सहयोग गरिरहने संस्थाका अध्यक्ष कृष्ण अधिकारीले प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा संस्थामा कार्यकारी अधिकृत उत्तम अधिकारी , संस्थाका सचिव नारायण महतो , कोषाध्यक्ष रामचन्द्र कोइराला , व्यवस्थापक सुजता खनाल लगायतको उपस्थिती रहेको थियो ।