तस्विर खिचेको भन्दै अनलाईनकर्मी माथि नगर प्रहरीको दुर्व्यवहार

चितवन, पुष १२-

बिभिन्न बिवादमा मुछिदै आई रहेका महानगरका नगर प्रहरीले आज संचारकर्मी माथि दुर्व्यवहार गरेका छन ।  चौबिसकोटीमा रहेका बिभिन्न किसिमका
ठेला व्यावसायीहरुलाई खेदिरहेको तस्विर कैद गरिरहेको बेलामा नारायणी अनलाईनका हिरालाल आचार्य (डायमण्ड) माथि दुर्व्यवहार गरेका छन ।

नगर प्रहरीले तस्विर कैद गरिरहेका ठाउँमा आएर मोबाइल खोसेर मोबाइलको तस्विर डिलिट गर्न लगाइएको पत्रकार डायमण्ले बताए ।मोबाइल खोसिसकेपश्चात आफू नारायणी अनलाइनको पत्रकार भएको जानकारी गराउँदा पनि फोटो डिलिट गर्न दबाब दिइएको उनले बताए ।
तस्विर डिलिट गरिसकेपश्चात यहाँको दृश्य कैद नगर्न समेत उनिहरुले भनेका थिए । नगर प्रहरीले आफुहरुले जस्तोसुकै काम गरेपनि तस्विर कैद गर्न नपाइने धम्की दिएका छन ।

भरतपुरको चौबिसकोटि, नारायनगढको फुटपाथमा बिभिन्न किसिमका व्यवसायमा रोक लगाए पनि सडक नै कब्जा गरेर व्यवसाय गर्दा सर्वसाधारणलाई हिंड्नको लागि पनि हम्बे हम्बे परेको छ ।