अपि पावर कम्पनीले शेयर जारी गर्ने,चैत ७ मा डाक्यो एजीएम

अपि पावर कम्पनीले शेयर जारी गर्ने,चैत ७ मा डाक्यो एजीएम

काठमाडौं,फागुन १५ ।

नेपाल धितोपत्र बोर्डले अपि पावर कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ ।अपि पावर कम्पनीले १६औं वार्षिक साधारण चैत्र ७ गते बोलाएको छ ।

कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो। कम्पनीले बोर्डमा २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि आवेदन दिएको थियो । विद्युत नियमन आयोगको सिफारिशमा कम्पनीलाई पहिलो चरणमा ४७ प्रतिशतले हुने ५६ लाख ७० हजार कित्ता बराबरको ५६ करोड ७० लाख रुपैंयाको हकप्रद निष्काशन गर्न बोर्डले स्वीकृति दिएको हो ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १ गतेदेखि ७ गतेसम्म बुकक्लोज गर्नेछ।

अपि पावरले निर्माण सुरु गरेको ४० मेगावाट क्षमताकोे माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणमा हकप्रदबाट संकलन हुने पूँजी लगानी हुनेछ ।

अहिले अपिको चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रुपैंया छ । उक्त पूँजीको ४७ प्रतिशत हकपरुद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड ७७ लाख रुपैंया पुग्नेछ ।

कम्पनीले चैत ७ गते कार्की ब्यांक्वेट, माईतिघरमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सो सभामा गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्नेछ ।