खैरहनीमा मुसहर किशोरीलाई तालिम

खैरहनीमा मुसहर किशोरीलाई तालिम

चितवन , १५ फागुन ।
खैरहनी नगरपालिकामा रहेका मुसहर समुदायका किशोरीलाई किशोरी शिक्षा तालिम दिईएको छ । खैरहनी नगरपालिकाले वडा नम्वर १० कठारमा रहेका मुसहर किशोरीलाई दुई दिने तालिम दिएको हो ।

तालिममा यौन तथा प्रजनन स्वास्थ्य तथा किशोरी अवस्थाका लक्षणहरु र गर्नु पर्ने क्रियाकलाप ,जीवनउपयोगी शिप,आत्मजागरण महिनावारी चक्र,किशोरीहरुले सामना गर्नु पर्ने समस्या कारण र असर ,लिंगभेद र पारिवारीक निर्णय ,सुरक्षित मातृत्वमा परिवार र समुदायको भुमिकाका विषयमा नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्मा,सामाजिक विकास समिति संयोजक मनेजर महतो, महिला तथा वालवालिका शाखा प्रमुख कृष्ण कुमारी गुरुङ र विमला रानाभाटले सहजीकरण गरेका थिए ।

तालिम समापनमा नगर प्रमुख लालमणी चौधरीले आम्दानीको केही रकम वचत गर्न सके भविष्यलाई सहज हुने भन्दै अभिभावकहरुलाई यसबारे जागरुक गराउन किशोरीहरुलाई आग्रह गरे । नगर उपप्रमुख सुनिता थपलियाले सचेतना अभावका कारण कलिलै उमेरमा विहे गर्ने चलन रहेकाले त्यसले स्वास्थ्यमा असर गर्ने हुँदा सजग हुनु पर्ने वताईन् ।