काेराेनाको इपिसेन्टर अब अमेरिका,विश्वकै सबैभन्दा बढी संक्रमित

काेराेनाको इपिसेन्टर अब अमेरिका,विश्वकै सबैभन्दा बढी संक्रमित

काठमाडौं,१४ चैत्र ।

चीन र युरोपपछि कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकाभर ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ । ५ लाख ५२ हजार जना व्यक्तिमा परीक्षण गरिएको थियो । यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा १ हजार ७ सय १८ ले बढी हो । तर, ज्यान गुमाउनेको संख्या भने अमेरिकामा चीनको भन्दा कम छ ।

यहाँ हालसम्म करिब १२ सय जना मानिसको कोरोनाका कारण ज्यान गएकोे छ । चीनको हुबेई प्रान्तको वुहान सहरमा गत डिसेम्बरको अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म विश्वमा २४ हजार मानिसको ज्यान गइसकेको छ । १९७ देशका ५ लाख ३१ हजार जना मानिस संक्रमित छन् ।