इटालीको यो एक महिनाको कथा पढ्नुहोस्…

इटालीको यो एक महिनाको कथा पढ्नुहोस्…

एजेन्सी,१४ चैत्र ।

मेरो परिचय आज रुदै गरेको मलामी पनि नपाउने इटाली हो । इतिहासमा इटालीका धेरै परिचय लुकेका छन् तर, आज कोरोना भाइरसले मेरो परिचय बदली दिएको छ । मैले आज मलामी पनि पाएको छैन । आज इटालीमा आँसुको नदी बगेको छ । कोरोना भाइरसका कारण आज म विक्षिप्त हुँदै बिलाप गरिरहेको छु । प्रत्येक दिन मैले मेरा सन्तानहरु मरेको दृश्यहरु देख्नमात्र परेको छ ।

कहिले चार सय, कहिले पाँच सय त कहिले आठ सय सम्म । हाल आँसुमा डुबेको इटाली र कफिनमात्र मेरो परिचय हो । कोरोना भाइरस यसरी फैलिएको छ कि मेरा डाक्टरहरु समेत धरखराउन लागेका छन् ।

लगातार युद्ध स्तरमा उपचार गर्दा पनि डाक्टरहरु दोधारमा परेका छन् कि कसलाई जोगाउने कसलाई बचाउने । संक्रमितहरुको संख्या नियन्त्रणबाहिर रहेको छ । कम भए पनि सरल तरिकाले उपचार दिन सकिन्थ्यो ।

तर, संक्रमितहरुको संख्या बाढी आएझै बढेको बढ्यै छ । सुन्दा यो निकै तितो बोले जस्तो लाग्छ तर, मेरा डाक्टरले कसलाई बचाउने त्यो सम्म सोच्न सकेका छैनन् । उनीहरु त्यो हदसम्म मजबुर भएका छन् ।

३१ जनवरीमा कोरोना भाइरस संक्रमितको संख्या जम्मा २ रहेको थियो । उक्त घटनासँगै मैले चीनसँगको उडान बन्द गर्ने युरोपको पहिलो देश थिए । म त्यही इटली हुँ जसले देशमा सबैभन्दा पहिला नेशनल इमरजेन्सी लगाएको थिए । २३ फ्रेबअरीसम्म इटालीमा जम्मा १५० जना संक्रमित रहेका थिए । त्यतिन्जेलसम्म पनि मेरो कोही नागरिक मारिएका थिएनन् ।

मैले आम नागरिकहरुलाई उच्च सावधानी अपनाउन बारम्बार अपिल गरे । मलाई थाहा छैन यो महामारी कति समयसम्म रहनेछ । मैले आम मानिसहरुलाई घरमा नै रहन अनुनय विनय गरेको थिए । कोही चिकित्सक वा डाक्टरहरु रहेका छन् भने हामीलाई सहयोग गर्न भनेको थिए ।

तर, हामीले सोचजस्तो सहयोग पाउन सकेनौँ । हामीले गरेको अपिल धेरै मानिसहरुले वास्था नै गरेनन् । त्यसको एक महिनामा नै इटालीमा ६३ हजारभन्दा बढी संक्रमित देखिए भने ६ हजारभन्दा बढी मानिसले ज्यान समेत गुमाए ।

इटालीमा सायदै कुनै परिवार होला जसले आफ्नो परिवारको सदस्य नगुमाएको हो । म नौँ मार्चदेखि लकडाउन रहेको छु । त्यतिबेला ९ हजारभन्दा बढी संक्रमितको संख्या रहेको थियो ।

आज यो ६३ हजारभन्दा बढी रहेको छ । मैले युरोपमा सबैभन्दा कडा कदम उठाए । फेरि पनि मेरो यो दुर्गति रहेको छ । मानिसको बुद्धिले जति भ्याउन सकेको छ त्यही अनुरुप मैले काम गरिरहेको छु ।

तर, यो शोक र संघर्षले झन् वितण्डा मच्चाइरहेको छ । मलाई थाहा छ विश्वका अन्य देशहरु पनि मेरो नै बाटोमा रहेका छन् । मेरो कापी रहेको आवाजलाई बुझ्नु हुन्छ भने सुन्नुहोस् घरभित्रै रहनुहोस् । रोकिनुहोस्, सावधानी अपनाउनुहोस् नत्र धेरै ढिला होला ।