दुर्गा प्रसाईंले कोरोना उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिने

दुर्गा प्रसाईंले कोरोना उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिने

काठमाडौं,१४ चैत्र।

झापाको बिएण्डसी टिचिङ हस्पिटल कोरोना (कोभिड–१९) भाइरसको उपचारका लागि राज्यलाई दिन तयार रहेको अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले घोषणा गरेका छन् ।

विश्वव्यापी रुपमा कोरोना (कोभिड–१९) भाइरसको महामारी फैलिरहेका वेला उपचारका लागि सरकारलाई अस्पताल सुम्पने उनले घोषणा गरेका हुन् ।

‘हामीसँग एक सय वटा आईसीयू, २५ वटा भ्याडिलेटर, एक सय ५ जना डाक्टर, नर्ससहित गरी ९ सय जना कर्मचारी छन्’, प्रसाईंले अनलाइनखबरसँग भने, ‘सरकारले ३६ जना डाक्टर माग्दा कोही जान मानेनन् । हाम्रा डाक्टर काम गर्न तयार छन् तर, आवश्यक किट र प्रोटेक्टिभ लुगाको सरकारले व्यवस्था गरिदिनु पर्छ ।’

उनले चिकित्सकलाई तलब लगायत सबै कुराको व्यवस्था गरे सरकारलाई आवश्यकता भएको दिनसम्मलाई अस्पताल दिन तयार रहेको बताएका छन् ।

प्रसाईंले थपे, ‘मैले स्वास्थ्यमन्त्रीज्यूलाई पनि यो कुरा भनिसकेको छु, सरकारलाई आवश्यकता परेको वेला सुदुरपूर्वबाट दुर्गा प्रसाईं सेवा दिन तयार छ ।’