पर्सा राष्ट्रिय निकुञ्जमा तस्कर र सेनाबीच दोहोरो भिडन्त, एक जनाको मृत्यु

पर्सा राष्ट्रिय निकुञ्जमा तस्कर र सेनाबीच दोहोरो भिडन्त, एक जनाको मृत्यु

पर्सा ,१४ चैत्र ।

पर्सा राष्टिय निकुञ्जमा तस्कर र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच भएको दोहोरो गोली हानाहानमा एक जना तस्करको मृत्यु भएको छ । घटनामा नेपाली सेनाका एक जमदार घाइते भएका छन् ।

राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सुरक्षाकर्मीले एक जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मकवानपुरका मोहनसिंह दोङ्ग रहेका छन् । मृतकको अहिलेसम्म पहिचान हुन नसकेको राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना उप सचिव विष्णु श्रेष्ठले हिमाललाई बताए ।

पर्सा वन्यजन्तु राष्टिय निकुञ्जको कोर एरियामा आज विहान ९ बजे तस्कर र सुरक्षाकर्मीबीच भिडन्त भएको थियो । सुरक्षाकर्मीले २ थान बन्दुक समेत बरामद गरेका छन् ।

“कोर एरियामा बन्दुकको आवाज आएको सुनेपछि सुरक्षाकर्मी त्यता जाँदा, तस्करले सुरक्षाकर्मी माथि आक्रमण गरे,” श्रेष्ठले भने । तस्करहरु ११ जनाको संख्यामा रहेका थिए ।

बन्दको मौका छोपेर वन्यजन्तुको चोरी सिकारी हुनसक्ने सम्भावनालाई ध्यान राखेर गस्तीलाई बाक्लो बनाइएको श्रेष्ठले बताए ।