बेलायतका प्रधानमन्त्री जोन्सनमा पनि कोरोनाभाइरस संक्रमण

लण्डन,१४ चैत्र ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोना भाइरसको संक्रमण लागेको छ ।

उनका स्वास्थ्य सल्लाहकारले यसबारे जानकारी सार्वजनिक गरेका हुन् । बोरिसले शुक्रबार नै आफूलाई कोरोना भाइरसको लक्षण देखिएको भन्दै ट्वीट गरेका थिए । उनले आफूलाई कोरोना पोजिटिभ देखिएपछि सेल्फ आइसोलेसनमा बस्न थालेको पनि ट्वीटर मार्फत नै जानकारी दिएका छन् ।

केही बेरपछि उनलाई संक्रमण भएको पुष्टि गरिएको हो । बेलायतका राजकुमार प्रिन्स समेत कोरोना भाइरसबाट संक्रमित भएका छन् । बेलायत सरकारले महामारी रोकथामका अनेक उपाय अपनाउँदा अपनाउँदै ११ हजार ६ सय ५८ संक्रमित भएकोमा ५ सय ५८ को मृत्यु भइसकेको छ ।