राप्ती ४ मा पनि डिसइन्फेक्सन छर्न सुरु

राप्ती ४ मा पनि डिसइन्फेक्सन छर्न सुरु

चैत १४ गते । चितवनको राप्ती नगरपालिका वडा कार्यालयले पनि कोरोना नियन्त्रणका लागि विभिन्न क्रियाकलाप संचालन गरिरहेको छ । यसै सन्र्दभमा राप्ती ४ को वडा कार्यालयले वडा भित्र कोरोना नियन्त्रणका लागि किटनाशक औषधी डिसइन्फेक्सन छर्न सुरु गरेको वडाध्यक्ष शमशेर लामाले वताए । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलदै गईरहेको कोभिड १९ ( कोरोना भाईरस ) को सक्रमण फैलन नदिन वडा कार्यालयले वडाका सवै क्षेत्रमा किटनाशक औषधी छर्कन सुरु गरेको उनले जानकारी दिए । वडाको पूर्व पश्चिम राजमार्ग र अन्य मुख्य भित्री सडकहरुमा यो अभियान संचालन हुनेछ । शनिवार सम्म वडाका सवै वाटोहरुमा किटनाशक औषधी छर्केर सकिने वडाध्यक्ष लामाले वताए । वडा कार्यालयले यसअघि हातधुनका लागि ठाउँठाउँमा वाल्टिनसहितको सावुनपानीको व्यवस्था गर्नुका साथै माक्स र सेनिटाईजर समेत वितरण गरिसकेको छ भने कोरोनाबाट वच्न जनचेतना मुलक सन्देश पनि प्रवाह गरिरहेको वडाध्यक्ष लामाको भनाई छ । लकडाउनका अवधिभर ज्याला मजदुरी गर्ने,गरिव समुदायबाट खानाको समस्या रहेको गुनासो आए तत्काल त्यसलाई सम्वोधन समेत गर्ने उनले वताएका छन् ।