कालोवजारी गर्ने र वाहिर निस्कनेलाई राप्तीको आयो चेतावनी

कालोवजारी गर्ने र वाहिर निस्कनेलाई राप्तीको आयो चेतावनी

चैत १४ गते । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संभावित जोखिमबाट वच्न नगरवासीहरुलाई राप्ती नगरपालिकाले अपिल गरेको छ । नगर प्रमुख प्रभा वरालले एक विज्ञप्ती जारी गर्दै सुरक्षित रहन घर भित्रै वस्न आग्रह गरेकी हुन् । अत्यावश्यक काम वाहेक अरु काममा वाहिर ननिस्किन उनले नगरवासीमा अनुरोध गरेकी छन् । सरकारले लागू गरेको लकडाउन दैनिक साँझ ५ वजे सम्ममा लागि मात्र हो भन्ने भ्रममा नपर्न आग्रह गर्दै प्रमुख वरालले सरकारको आग्रह वमोजिम घरमै वस्नु पर्ने वताएकी छन् । लकडाउनका वेला व्यवसायीहरुले वजार मुल्य भन्दा वढि मुल्यमा मालसामान वेचविखन गरेको पाईएमा ऐन अनुसार कारवाही गर्ने राप्ती नगरपालिकाले चेतावनी समेत दिएको छ । त्यस्तो गरिएको पाईएमा स्थानीय प्रहरी प्रशासनको सहयोगमा त्यस्ता व्यपारीलाई कारवाही गरिने प्रमुख वरालको भनाई छ ।

प्रमुख वरालद्धारा जारी विज्ञप्ती मार्फत व्यक्तीगत सरसरफाईमा ध्यान दिनुका साथै भीडभाड कार्य जस्तै तास,क्यारमवोर्ड,लुडो नखेल्न र ठाउँठाउँमा विना कारण सामुहिक रुपमा नवस्न समेत अपिल गरिएको छ ।