स्याङ्जामा गोली लागेर प्रहरी हवल्दार पौडेलको मृत्यु

स्याङ्जामा गोली लागेर प्रहरी हवल्दार पौडेलको मृत्यु

स्याङ्जा,१४ चैत्र ।

स्याङ्जाको चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको गोली लागेर मृत्यु भएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार हरिनास गाउँपालिका–२, मा रहेको प्रहरी चौकीमा हतियार थन्क्याउँदै गर्दा बन्दुक पड्केर उनको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

उनी पोखराका बासिन्दा हुन्। घटनाको अनुसन्धान गर्न गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डीएसपी राजेन्द्रबाबु रेग्मीको नेतृत्वमा टोली घटनास्थलतर्फ लागेको छ ।