
दुबई,१५ वैशाख
साउदी अरबमा अब गैरवयस्कलाई अर्थात् बालबालिकालाई उनीहरुको अपराधका लागि फाँसी सजाय दिइने छैन । साउदीको मानवाधिकार आयोगले साउदी राजा सलमानको हवाला दिँदै यो बताएको हो ।
दुई दिन पहिले मात्र साउदीमा कोर्रा हान्ने सजायलाई अब प्रतिबन्ध लगाउने फैसला गरेको थियो ।
बालअधिकारलाई लिएर संयुक्त राष्ट्रसंघको महासन्धीमा साउदीले हस्ताक्षर गरेको छ । यही महासन्धीका अनुसार अब त्यहाँ बालबालिकालाई अपराधका लागि फाँसी नदिइने बताइएको हो ।
मानवअधिकार कार्यकर्ताले बारम्बार मानवअधिकारको सन्दर्भमा साउदी निकै खराब भएको बताउँदै आएका थिए ।
मानवाधिकार समूह एमनेस्टी इन्टरनेसनका अनुसार सन् २०१९ मा साउदीमा १ सय ८४ जनालाई फाँसीको सजाय दिइएको थियो । एम्नेस्टीले यीमध्ये एक जना १४ वर्षभन्दा कमका व्यक्ति रहेको पनि जनाएको थियो ।