चितवनमा पत्रकारलाई समेत हिड्न अवरोध , दुईजना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लियो

चितवनमा पत्रकारलाई समेत हिड्न अवरोध , दुईजना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लियो

चितवन , १५ वैशाख। 
चितवनमा लडडाउनमा एकाएक कडाई गरिएको छ ।  हिजोअस्ती बैंक तथा अत्यावश्यक सामाग्रीको लागि हिडेका सवारीसाधनहरु निर्वाध संचालन भइरहेकोमा आज एकाएक कडाई गरिएको छ ।  रिर्पोटिङको लागि हिडेका पत्रकारलाई प्रहरीले र्दुव्यवहार गर्दै नियन्त्रणमा लिएको छ ।

प्रहरीले कायाकैरन दैनिकका सम्पादक विनोदवावु रिजाल रेडियो त्रिवेणीमा कार्यरत अर्जुन अधिकारीलाई पक्राउ गरेको थियो ।पत्रकारद्धयलाई प्रहरीले र्दुव्यवहार गर्दै करिब १ घण्टा कभर्डहलमा रहेको क्वारेनटाइनमा राखेर छाडेको थियो । उनीहरुले कैद गरेको फोटो भिडियो समेत प्रहरीले डिलिट गर्न दवाब दिएको पत्रकार रिजालले बताए । पत्रकारहरुमाथी भएको र्दुव्यवहार र गिरफ्तारी प्रति नेपाल पत्रकार महासंघ चितवन शाखा , प्रेस संगठन , प्रेस युनियन चितवनले संयुक्त विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्र्सना र र्दुव्यवहार गर्ने प्रहरी उपर कारबाहीको माग गरेको छ ।

त्यस्तै बैंकका कर्मचारीहरुको सवारीसाधन समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।