भारतमा पहिलोपटक प्लाज्मा थेरापीको माध्‍यमबाट एक कोरोना संक्रमित निको भए

भारतमा पहिलोपटक प्लाज्मा थेरापीको माध्‍यमबाट एक कोरोना संक्रमित निको भए

काठमाडौं, १५ वैशाख ।

राजधानी दिल्लीका ४९ वर्षका एक जना कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापीबाट उपचार गरिएको र उनी स्वस्थ भएर घर फर्किएका छन् ।

४ अप्रिलमा कोरोना पुष्टि भएका ती व्यक्तिको श्वासप्रश्वासमा समस्या आएपछि उनलाई ८ अप्रिलमा भेन्टिलेटरमा राखिएको थियो । परिवारका सदस्यले गरेको आग्रहपछि डाक्टरहरुले उनलाई १४ अप्रिलमा प्लाज्मा थेरापी दिएका थिए । भारतमै पहिलोपटक प्लाज्मा थेरापी दिइएका उनी आइतबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् ।