खैरहनीमा सुरक्षित मातृत्व सम्वन्धी अभिमुखीकरण,प्रजनन स्वास्थ्यमा पुरुषको दायित्व महत्वपूर्ण

खैरहनीमा सुरक्षित मातृत्व सम्वन्धी अभिमुखीकरण,प्रजनन स्वास्थ्यमा पुरुषको दायित्व महत्वपूर्ण

माघ १४ गते । पूर्वी चितवनको खैरहनीमा मंगलवार सुरक्षित मातृत्व सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । खैरहनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा टोल विकास संस्था तथा महिला स्वस्थ आमा समुहका पदाधिकारीहरुका लागि कार्यक्रम गरिएको हो । कार्यक्रममा खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलियाले प्रजनन स्वास्थ्यमा पुरुषहरुमा पनि जिम्मेवार वन्नु पर्नेमा जोड दिईन् । स्वास्थ्य सवल भएमात्रै हरेक कुरा संभव हुने भन्दै उपप्रमुख थपलियाले महिलाको प्रजनन स्वास्थ्यमा पुरुषको दायित्व उत्तिकै हुने वताईन् । संस्थागत सुत्केरी गराउन जनचेतना जनाउनु,स्वस्थ तथा उर्वेरक आमा तयार पार्नु,आमा तथा भ्रुणको स्वास्थ्य सुधार ल्याउनु ,माृत तथा शिशु मृत्युदर कमी गरि उच्चतम स्वास्थ्य प्राप्त गर्न जनचेतना फैलाउने उदेश्यले कार्यक्रम गरिएको स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले वाल स्वास्थ्य तथा किशोर स्वास्थ्य,नगरपालिकाकी समुदाय नर्सिङ अधिकृत पुजा गिरीले सुत्केरी अवस्था,नवजात शिशु स्याहार र उत्तर प्रसुती सेवा तथा प्राथमिक स्वास्थ्य केन्द्र खैरहनीका अनमिहरु दुर्गा निरौला र लक्ष्मी शर्माले गर्भावस्थाका बारे सहजीकरण गरेका थिए । नगर उपप्रमुख सुनिता थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवंम् खैरहनी ७ का वडाध्यक्ष मनेजर महतो लगायतले मन्तव्य राखेका थिए । सुरक्षित मातृत्वका लागि संस्थागत सुत्केरी गराउनु पर्ने हुँदा हाल सम्म खैरहनीको वडा नम्वर १,५,७,८ र १२ लाई संस्थागत सुत्केरी वडा घोषणा गरिसकेको छ ।