कांग्रेस सभापति देउवाले सरकारसँग एमसीसी पारित गर्न के आपत्ति भयो भन्दै जवाफ मागेका छन्

कांग्रेस सभापति देउवाले सरकारसँग एमसीसी पारित गर्न के आपत्ति भयो भन्दै जवाफ मागेका छन्

काठमाडौं,१४ माघ

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसी पारित गर्न के आपत्ति भयो भन्दै सरकारसँग जवाफ मागेका छन् ।

प्रतिनिधिसभामा नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् ।

“दमन्नाथ ढुंगानाले नै संसद् विपक्षकै हो भन्ने देखाउनुभएको थियो,” देउवाले भने,“त्यसबेला हामी सत्तापक्षमा थियौं । अहिले सरकारले प्रतिकूल विधेयकहरु ल्याएको छ । जहाँ प्रेस स्वतन्त्रता हुँदैन त्यहाँ लोकतन्त्र सफल हुँदैन । यो कुरा बुझ्नुपर्छ ।”

उनले अभिव्यक्ति स्वतन्त्रताका विरुद्धमा र प्रेसलाई नियन्त्रणमा लिने जस्ता विधेयक फिर्ता लैजान माग गरे ।

त्यसैले टेलिफोन ट्यापिङजस्ता विधेयक संसद्ले पारित गर्नै नसक्ने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा धक्का आउन सक्ने बताएको उल्लेख गर्दे कहाँबाट आउन लागेको धक्का त्यसबारेमा जानकारी पाउनुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए ।

“प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभयो रु कहाँबाट आउने हो नेपाललाई धक्का रु नेपाललाई धक्का दिने को हो हामीले पनि थाहा पाउनुपर्छ । हामीले सामना गर्न तयार छौं । नेपालमा धक्का दिन कसले सक्छ रु हामीले पनि हेरौं ।”

उनले एमसीसी पारित गर्न के आपत्ति भयो भन्दै सरकारसँग जवाफ माग गरेका थिए ।