गायिका आस्था राउत प्रकरणमा प्रहरीले अधिकारको दुरुपयोग गर्‍यो : सांसद कोमल ओली

गायिका आस्था राउत प्रकरणमा  प्रहरीले अधिकारको दुरुपयोग गर्‍यो : सांसद कोमल ओली

काठमान्डौ, १४ माघ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारबाही अगाडि बढाएको आरोप लगाउनुभएको छ ।

राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा उहाँले जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको हुँदा अनुसन्धान नै नगरी चार दिन थुन्ने आदेश गर्नु गलत भएको टिप्पणी गर्नुभयो ।

‘फौजदारी न्यायको सिद्धान्तले पहिले सुन्ने अनि थुन्ने भन्छ’, सांसद ओलीले भन्नुभयो, ‘गैरकानूनी कार्य गरेको छ कि भन्ने कुरा हेरिनुपर्छ, सामान्य भनाभनको विषय मात्र थियो, विनाअनुसन्धान प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ ।’