खैरहनीमा नगरस्तीय युवा सञ्जाल गठन

खैरहनीमा नगरस्तीय युवा सञ्जाल गठन

माघ १४ गते । खैरहनी नगरपालिकाले नगर भित्र रहेका युवाहरुलाई समेटेर नगरस्तरीय युवा सञ्जाल गठन गरेको छ । मंगलवार नगरपालिकामा भएको युवाहरुको भेलाबाट सञ्जालको ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । जसको अध्यक्षमा आतिश लामिछाने रहेका छन् । उपाध्यक्षमा अस्मिता सापकोटा,सचिवमा मनिष वस्नेत,कोषाध्यक्षमा स्मृति अधिकारी र सहसचिवमा सुजाता नेपाल रहेका छन् । त्यस्तै सदस्यहरुमा सक्षम सुवेदी,अन्जु प्रजा,अर्पना पाठक,अप्सरा महतो,निराजन खनाल र सम्साद आलम रहेका छन् । नवगठित कार्यसमितिले नगरभित्र रहेका युवाहरुलाई रचनात्मक काममा परिचालन गर्न भुमिका खेल्ने नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौड्यालले वताए । पौड्यालका अनुसार युवाहरुले नगरको निति कार्यक्रममा रहेर विकास निर्माणको काममा सघाउने,लागू औषध दुव्र्यसनबाट युवाहरुलाई जोगाउने खालका कार्यक्रम संचालन गर्ने उदेश्यले युवा सञ्जाल गठन गरिएको हो । युवा सञ्जाल गठनको भेलामा वडाध्यक्षहरु रामशरण पाण्डे,टिकादत्त इटनी,मनेजर महतो,टेकवहादुर थापा क्षेत्री,टिकाराम तिमल्सीना समेतको उपस्थिती रहेको थियो ।