
जनकपुर,१४ माघ।
प्रदेश २ सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री डा. डिम्पलकुमारी झाले राजीनामा दिएकी छन् ।
उनले संसदीय दलको कार्यालयमार्फत् मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिएकी हुन् ।
मुख्यमन्त्री र अन्य मन्त्रीहरुसँगको असन्तुष्टिको कारणले उनले राजीनामा दिएको बताइएको छ ।
सरकारको कामकारवाहीबाट असन्तुष्ट भएकाले राजीनामा दिएको उनको भनाइ छ ।
उपभोक्ता समितिमार्फत् गराएको कामको पैसा बाँकी रहेको भए पनि मन्त्रालयले नदिएको उनको आरोप छ ।
“मन्त्रिपरिषद्ले निकासाका लागि निर्णय गर्दा पनि अर्थ मन्त्रालयले भुक्तानी दिएन,” उनले भनिन्, “नाममात्रैको मन्त्री भएर बस्नुभन्दा राजीनामा दिएँ ।”