पार्टी फुटे नेकपाको अस्तित्व सकिन्छ : घनश्याम भुषाल

पार्टी फुटे नेकपाको अस्तित्व सकिन्छ : घनश्याम भुषाल

चितवन , १३ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् कृषिमन्त्री घनश्याम भुषालले पार्टी फुटे नेकपाको अस्तित्व सकिने बताएका छन् । नेकपा चितवनका नेता तथा कार्यकर्ताहरुको भेलालाई शनिबार सम्बोधन गर्दै भुषालले पार्टीभित्र अझै एकबर्ष यस्तै कचिंगल भइराखे नेकपाको औचित्य सकिने बताएका हुन् ।

‘पार्टीमा यस्तै कचिंगल गरेर अझै एक बर्ष झगडा ग¥यौँ भने हाम्रो अस्तित्व सकिन्छ’, उनले भने, ‘फुट्यो भने आजै सकिन्छौँ । यत्तिकै रह्यो भने अर्काे बर्ष सकिन्छौँ ।’
केहि न केहि सुधार नगरी पार्टी एकता बचाउन नसकिने पनि उनले बताएका छन् । ढिपी गर्ने कमरेडलाई एक हप्ता समाएर सम्झाएर भएपनि पार्टी विभाजन हुन नदिने उनले बताए । ‘एक÷दुई दिनको बैठकले पार्टी फुट्दैन । गुटगत मानसिकताबाट प्रेरित भएनौँ भने विभाजन रोक्न सक्छौँ’,–उनले भने । स्थायी कमिटि हल्लिएन भने कसैको प्रतिवेदनले पार्टी फुटाउने तागत नराख्ने उनले बताए ।
नेकपाको आन्तरिक समस्या सचिवालय बैठकले समाधान गर्न नसके स्थायी कमिटिको बैठकले गर्ने उनले बताएका हुन् ।
पार्टीका अर्का अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपि ओलीले आज सचिवालय बैठकमा आफ्नो जवाफी प्रतिवेदन प्रस्तुत गर्दै छन् । प्रतिवेनले आज नै पार्टी विभाजन हुन्छ भनेर चिन्ता नगर्न पनि भुषालले नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । ‘केपि कमरेडको आज प्रतिवेदन आउँछ, त्यसपछि उहाँहरुले छलफल गरेर आउनुहुन्छ ’, उनले भने, ‘त्यस छलफलले समाधान गरेन भने स्थायी कमिटीले गर्छ ।’