नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले संयुक्त अरव इमिरेट्स ( यूएइ ) हुने टि टेन लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले संयुक्त अरव इमिरेट्स ( यूएइ ) हुने टि टेन लिग खेल्ने

चितवन, १३ पुस ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले संयुक्त अरव इमिरेट्स ( यूएइ ) हुने टि टेन लिग खेल्ने भएका छन् । अलराउन्डर करण केसी, तिब्र गतिका बलर सोमपाल कामी र युवा खेलाडी कुशल मल्लले टि टेन लिग खेल्ने भएका हुन् ।

बुधबार राती सम्पन्न ड्राफ्टमा करण, र कुशल मल्ललाई तीन फरक फरक फ्रेन्चाइज टोलीले अनुबन्ध गरेका छन् । करण पुणे डेभिल्समा अनुबन्ध भएका छन् । तिब्र गतीका बलर करण तल्लोक्रममा आक्रामक ब्याटिङका लागि परिचित छन् ।

सोमपाल मराठा अरेवियन्समा अनुबन्ध भएका छन् । टि टेन सोमपालको दोस्रो विदेशी लिग हुने छ । सोमपालले गतवर्ष ग्लोबल टि२० क्यानडा विनिपेग हक्सबाट खेल्दै च्याम्पियन बनेको थिए । तिब्र गतीकै बलर सोमपाल पनि तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने खेलाडी हुन् ।

उता १६ वर्षिय युवास्टार कुशल मल्ल टिम आबूधाबीबाट खेल्ने छन् । आबूधाबीमा पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा छन् । टिम आबूधाबीमा यूर्निभर्सल बोसका नामले परिचित वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेल छन् । टिम आबूधाबीबाट गतवर्ष पारस खड्काले खेलेका थिए । आक्रामक र ठूला सटका लागि परिचित कुशल स्पिन बलिङ पनि गर्छन् ।