अपराधिक क्रियाकलाप रोकथामका लागि सचेतनामुलक साइकल र्‍याली

अपराधिक क्रियाकलाप रोकथामका लागि सचेतनामुलक साइकल र्‍याली

चितवन, १३ पुष ।

अपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले आज भरतपुरमा सचेतनामुलक साइकल र्‍याली निकालिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको आयोजनामा साइकल ¥याली निकालिएको हो ।

समाजमा हुने विभिन्न अपराधिक क्रियाकलाप, महिला, बालबलिका तथा ज्येष्ठ नागरीक विरुद्द हुने हिंसा, लागु औषध दुर्व्यसनी लगायतका अपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रण गर्ने उद्धेश्यले सचेतनामुलक साइकल र्‍यालीको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘एक घर एक साझेदार, प्रत्येक महिना १०० स्थान १०० साझेदारी’ भन्ने नाराका साथ चितवन साईकल राईडर्स क्लबसँगको समन्वयमा साइकल ¥याली निकालिएको हो ।

र्‍याली प्रहरी कार्यालयबाट सुरु भएर चौविसकोठी–यज्ञपुरी–धर्मचोक–शहिद चोक हुँदै पुलचोक–आँपटारी–मालपोत चोक भएर पुनः प्रहरी कार्यालय पुुगेको थियो । ¥यालीको उद्घाटन कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रदेश सांसद मिलनबाबु श्रेष्ठ, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ लगायतको उपस्थिती थियो ।