राष्ट्रिय सभामा वामदेव नै जाने ,पार्टीको निर्णय प्रधानमन्त्रीले मान्नु हुन्छ : प्रचण्ड

राष्ट्रिय सभामा वामदेव नै जाने ,पार्टीको निर्णय प्रधानमन्त्रीले मान्नु हुन्छ : प्रचण्ड

चितवन ,१६ फागुन ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभामा वामदेव गौतम नै जाने प्रष्ट पारेका छन् । भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दहालले पार्टीको सचिवालय बैठकले सर्वसम्मत रुपमा वामदेव गौतमको नाम सिफारिस गरेकाले गौतम नै राष्ट्रिय सभामा जानेमा कुनै शंका नरहेको बताए ।

पार्टीका अर्का अध्यक्ष एवंम् प्रधानमन्त्रीले के पी शर्मा ओलीले पार्टीको निर्णय मान्नु हुने र मान्नै पर्ने भन्दै केहिदिन भित्र त्यो कुरा बाहिर आउने प्रचण्डको दावी थियोे । व्यवसायीहरुसँगको भेटपछि वामदेवलाई अगाडि सारिएको कुरा कपोल्कल्पित भएको भन्दै प्रमाणित गरिदिनेलाई बधाई दिने प्रचण्डले बताए ।