कोरोनाका कारण कोरियाको नयाँ फुटबल सिजन रद्द

कोरोनाका कारण कोरियाको नयाँ फुटबल सिजन रद्द

एजेन्सी,१६ फागुन

कोरोनाभाइरसका कारण दक्षिण कोरियाको के–लिगको नयाँ फुटबल सिजन रद्द भएको छ। के– लिगले देशमा प्रोफेशनल फुटबलको संचालन गर्ने गर्छ।

लिगले इमरजेन्सी बोर्ड मीटिंग पछि एक बयान जारी गर्दै भनेको छ,‘देशमा कोरोनाभाइरसको प्रकोप बढ्दै गएका कारण देशको नयाँ फुटबल सिजन रद्द गर्नुपरेको छ। हाम्रा लागि नागरिक तथा खेलाडीको सुरक्षा साथै स्वास्थ्य सबैभन्दा महत्वपूर्ण हो। देशमा कोरोनाभाइरसको प्रकोप व्यापक रुपमा फैलिएका कारण हामीले यो निर्णय लिनुपरेको हो।’

के–लिगको यो सिजनमा १२ टिमले भाग लिंदै थिए भने प्रतियोगिता यस हप्ताको अन्तमा सुरु हुँदै थियो।

कोरियन सुपर लिग १९८३ मा सुरु भएको थियो। पछि १९९८ मा यसको नाम परिवर्तन भएर के–लिग भएको थियो।