बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरीमाथि छानबिन हुने (भिडियो सहित)

बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरीमाथि छानबिन हुने (भिडियो सहित)

काठमाडौ,१६ फागुन।

ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घर घेर्न पुगेका मध्ये बच्चा बोकेकी एक महिलामाथि प्रहरीले लाठी प्रहार गरेको छ । खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै एक महिलाले चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि धर्ना दिइरहेकी थिइन। खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै एक महिलाले चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि धर्ना दिइरहेकी थिइन।

घरबाहिर महिलाहरू भेला भएको देखेपछि खत्रीले प्रहरीलाई खबर गरे । केहीबेरमा महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी खत्रीको घरमा पुगे। प्रहरीले महिलाहरूलाई त्यहाँबाट हटाउन खोज्यो। नमानेपछि बल प्रयोग गर्‍यो। त्यही क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले एकजना बच्चा बोकेकी महिलालाई पछाडिबाट लाठीले हाने । जुन भिडिओ सामाजिक सञ्जालमा बाहिरियो। बच्चा बोकेकी महिला हेमा श्रेष्ठलाई लाठी हानेको भन्दै सामाजिक सञ्जालमा प्रहरीको आलोचना हुन थाल्यो ।

भिडियो सन्जिवनिबाट

यसैबिच महिलालाई लाठी हानेको भन्दै इन्सपेक्टर पौडेलमाथि छानविन सुरु भएको छ ।ललितपुर प्रहरीले प्रहरी उपरीक्षक ९एसपी० दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ ।समितिले पौडेललाई प्रारम्भमा स्पष्टिकरण सोध्ने तयारी गरेको छ भने घटनाबारे यर्थाथ विषय पत्ता लगाएर प्रतिवेदन बुझाउन समितिलाइ म्याण्डेट दिइएको छ ।

महिलालाई नियन्त्रणमा लिने क्रममा पुरुष प्रहरीले बल प्रयोग गर्नु गलत भएकोले पौडेलमाथि छानविन सुरु गरिएको बताइएको छ ।