छोराछोरी प्रति अभिभावक जिम्मेवार वनौ

छोराछोरी प्रति अभिभावक जिम्मेवार वनौ

फागुन १६ गते । लागू औषध दुव्र्यसनीले समाजनै खतरामा पर्न सक्ने भन्दै सरोकारवालाहरुले दुव्र्यसनी नियन्त्रणका लागि अभिभावक सचेत हुनुपर्ने वताएका छन् । खैरहनी नगरपालिका वडा नम्वर २ को सहयोगमा युवा क्लवले शुक्रवार आयोजना गरेको लागू औषध दुव्र्यसनी विरुद्धको सचेतना कार्यक्रममा उनीहरुले यस्तो औल्याएका हुन् । खैरहनी नगरपालिका मेयर लालमणी चौधरीले दुव्र्यसनमा फसेका एक व्यक्तीका कारण सिंगो समाजलाई असर पर्ने वताए । दुव्र्यसनमा लागेका एक व्यक्तीका कारण समाजलाईनै खतरा हुन्छ मेयर चौधरीले भने – आफ्नो छोराछोरीसंगै समाजका अन्य युवाहरुको निगरानी सवैले गर्नुपर्छ । युवा सवै पक्षमा सवल वन्नु पर्ने भन्दै मेयर चौधरीले आचरण,विचार र व्यवहार राम्रो हुनु पर्ने औल्याए ।

खैरहनी वडा नम्वर २ का वडा अध्यक्ष टिकादत्त इटनीले कुलतमा फसेका साथीभाईको लहलहैमा लाग्दा जीवननै वर्वाद हुने भएकाले दुव्र्यसनबाट टाढा हुनु पर्ने वताए । इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले लागू औषध दुव्र्यसनी र कारोवार प्रहरीलाई चुनौतीको विषय वनेको वताए । मगरका अनुसार खैरहनीमा विगतका वर्षको तुलनामा लागू औषधका मुद्याहरु वढ्दै गएको छ । लागू औषधका कारण अन्य अपराधलाई समेत वढावा दिने भएकाले यसको नियन्त्रणमा सवैको सहयोग आवश्यक पर्ने प्रहरी निरीक्षक मगरले वताए । वडा स्तरीय युवा क्लवका अध्यक्ष निराजन खनालको अध्यक्षतामा भएको कार्यक्रममा सपोट एण्ड केयरका प्रकाश शाह र जयराम हुमागांईले लागू औषधबाट वच्ने उपायका बारे सहजीकरण गरेका थिए ।