कोरोना अपडेट : विश्वभर ज्यान गुमाउनेको संख्या २७ हजार नाघ्यो

कोरोना अपडेट : विश्वभर ज्यान गुमाउनेको संख्या २७ हजार नाघ्यो

काठमाडौं,१५ चैत्र ।

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ। विश्व स्वास्थ संगठनका अनुसार शनिबार बिहन सम्म २७ हजार ३ सय २४ जनाले ज्यान गुमाएको तथ्याङक सार्वजनिक भएको छ।

विश्वभर संक्रमितको संख्या ५ लाख ९५ हजार, ८ सय पुगेको छ। यीमध्ये हालसम्म एक लाख ३३ हजार ३६३ उपचारपछि घर फर्किसकेका छन्

कोरोना भाइरस अहिलेसम्म जम्मा पाँच लाख ९७ हजार २६२ जनामा देखिएको छ। कोरोना संक्रमित अहिले सबैभन्दा धेरै अमेरिकामा एक लाख चार हजार २०५ जनामा देखिएको छ। इटलीमा ८६ हजार ४९८ मा देखिएको कोरोना चीनमा ८१ हजार ३९४मा देखिएको छ।

चीनबाट सुरु भएको कोरोनाको संक्रमण नेपालमा पनि चारजनामा देखिएको छ। यसलाई महामारीको रुप धारण गर्न नदिन सरकारले लकडाउन गरेको छ।