चितवनमा लकडाउनमा कडाई , रत्ननगरबाट ७७ जना पक्राउ

चितवनमा लकडाउनमा कडाई , रत्ननगरबाट ७७ जना पक्राउ

चितवन , १५ चैत।
देशव्यापीरुपमा घोषणाँ गरिएको लकडाउनको चितवनमा कडाई गरिएको छ । सरकारले जारी गरेको लकडाउनको उलंघन गर्नेलाई प्रहरीले पक्राउ गर्न सुरु गरेको छ ।

पूर्वीचितवनको रत्ननगरको विभिन्न क्षेत्रमा लकडाउनको उलंघन गर्ने ७७ जनालाई प्रहरीले पक्राउ गरेको हो । अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्केका ७२ जना पुरुष र ५ जना महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरिक्षक शेखरकुमार शाहले जानकारी दिए ।

त्यस्तै लकडाउनको उलंघन गर्ने २२ वटा मोटरसाइकल , एउटा कार र १२ वटा साइकल प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई एक विद्यालयको कक्षाकोठाहरुमा राखिएको छ । उनीहरुलाई एकै ठाउँमा नराखि एकअर्कामा सिमित दुरी कायम गराई राखिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक रविन कार्कीले बताए ।