कोरोना कोषलाई अख्तियारका आयुक्तको १५ दिनको तलब सहयोग

कोरोना कोषलाई अख्तियारका आयुक्तको १५ दिनको तलब सहयोग

काठमाडौं,१५ चैत्र ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको तलब दिने भएका छन्।

विश्व महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारमा सयोग पु¥याउन आयोगका प्रमुख आयुक्त श्री नवीनकुमार घिमिरे, आयुक्तहरु डा। गणेशराज जोशी र डा। सावित्री थापा गुरुङले उक्त निर्णय गरेका हुन्।

पदाधिकारीहरूले आफ्नो सुरु तलव स्केलको १५ दिनको रकम सरकारले स्थापना गरेको कोषमा जम्मा गर्ने निर्णय भएको आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

यस्तै, आयोगमा कार्यरत सचिव लगायतका कर्मचारीहरूले सरकारको चैत ११ गतेको निर्णयबमोजिम रकम उक्त कोषमा जम्मा गरिने विज्ञप्तिमा उल्लेख छ।