कोरोनाको स्वास्थ्य सामाग्री आइतबार नेपाल आइपुग्ने

कोरोनाको स्वास्थ्य सामाग्री आइतबार नेपाल आइपुग्ने

काठमाडौं,१५ चैत्र ।

कोरोना भाइरस परीक्षणका लागि आवश्यक स्वास्थ्य सम्बन्धी सामग्री आइतबार (भोलि) नेपाल आइपुग्ने भएको छ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण, परीक्षण किट, पिपिई ९पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट० लगायतका आवश्यक सामग्री भोलि ९आइतबार० सम्म चीनबाट नेपाल आइपुग्ने जानकारी दिएका हुन्।

उक्त स्वास्थ्य उपकरणहरु र सामग्रीहरु सातै प्रदेशहरुमा यथाशीघ्र वितरण गरिने उनले बताए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार बुझाएको १६ बुँदे ज्ञापन पत्रको जवाफ दिँदै उपप्रधानमन्त्री पोखरेलले उक्त जानकारी दिएका हुन्।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडका अनुसार सरकारले कांग्रेसको सुझावलाई मनन गरेको छ।

कांग्रेसले भनेबमोजिम सरकारले शीघ्र रुपमा काम अगाडि बढाएको खाँडले दाबी गरे।