एनसेल नेटवर्कको नाम नै #स्टेहोम

एनसेल नेटवर्कको नाम नै #स्टेहोम

काठमान्डौ,१५ चैत्र

एनसेलले आफ्नो नेटवर्कको नाम नै परिवर्तन गरेर ३स्टेहोम राख्दै सामाजिक दूरी कायम राख्न आग्रह गरेको छ । ग्राहकलाई घरमै बसौँ भन्ने सन्देश दिन यस्तो गरिएको एनसेलले जनाएको छ। स्मार्टफोनमा नेटवर्क सिग्नल देखिने ठाउँसँगै अहिले यो सन्देश देखिन्छ।

अहिले विश्वभर कोरोना भाइरस महामारी फैलिएको संकटको अवस्थामा स्मार्टफोन प्रयोगकर्ताहरुलाई घरमै बस्न प्रोत्साहित गर्न कम्पनीले यस्तो सन्देश राख्ने निर्णय गरेकोहो।