
चितवन , १५ चैत।
कतार एयरवेजबाट आएकी कोराना सक्रमित युवतीसंगै आएका चितवनका पाँचजनामा (कोभिड–१९ ) कोरोना भाइरस नभएको पाइएको छ । एउटै जहाजमा आएकी युवतीमा कोरोनाको संक्रमण देखिएपछि चितवनमा रहेका पाँचजना कोरोना बिशेष अस्पताल पुगेका थिए ।
बुधबार अस्पतालले उनीहरुको नमूना संकलन गरेर जाँचको लागि पठाएको थियो । भरतपुर कोरोना विशेष अस्पतालले पठाएको नमुनाको रिपोर्टमा नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले जानकारी दिए ।