चितवनमा लकडाउन उलंघन गर्ने ९८ जना सहित ४७ सवारीसाधन नियन्त्रणमा

चितवनमा लकडाउन उलंघन गर्ने ९८ जना सहित ४७ सवारीसाधन नियन्त्रणमा

चितवन , १५ चैत।
सरकारले लागू गरेको लकडाउन उलंघन गर्ने ९८ जनालाई प्रहरीले नियन्त्रणा लिएर छाडेको छ । जिल्लाको विभिन्न स्थानमा लकडाउनको उलंघन गर्ने ९३ पुरुष र ५ जना महिलाहरुलाई प्रहरीले दिनभर नियन्त्रणमा लिएर बेलुका छाडेको छ ।

उनीहरुलाई सम्झाई बुझाई अब उपरान्त अत्यावश्यक काम बाहेक लकडाउन अवधिभर नहिड्ने सर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए । त्यस्तै प्रहरीले लकडाउनमा संचालन गरिएका ४७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । प्रहरीले १२ वटा साइकल समेत नियन्त्रणमा लिएको छ ।