यात्रु बोकेको १६ वटा ट्रक र पिकअप चितवन ट्राफिकले फिर्ता पठायो

यात्रु बोकेको १६ वटा ट्रक र पिकअप चितवन ट्राफिकले फिर्ता पठायो

चितवन , १५ चैत।
सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशव्यापी रुपमा लकडाउन गरेको छ । लकडाउनको समयमा मालबाहक सवारीसाधन संचालनको कुनै रोक लगाइएको छैन । त्यसैको फाइदा उठाउदै मालबाहक सवारीसाधनले यात्रु ओसार्ने गरेको पाइएको छ ।

चितवन ट्राफिकले मालबाहक सवारीसाधनमा यात्रु ओसार्ने १६ वटा सवारीसाधनलाई शुक्रबार र शनिबार फिर्ता पठाएको छ ।सवारीसाधनले जुनस्थानबाट यात्रु ल्याएका थिए सोहि स्थानमा फिर्ता पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिए । ट्राफिक प्रहरीले १६ वटा सवारीसाधनमा सवार ४ सय ७४ यात्रुलाई फिर्ता पठाइएको प्रहरी निरिक्षक भट्टले बताए ।

प्रहरीले ना ५ ख ९१८७ , ना ८ ख ३२९४ , लु १ ख ९८७१ नम्बरको ट्रक , यू पि ३० एटि २३४८ र यूपि ३२ जेएन २४८७ नम्बरको पिकअपलाई आपटारीबाट थानकोट , ना ६ ख ६२८३ , ना ५ ख ९७२३ , ना ७ ख २०५० नम्बरको ट्रकलाई धादिङ , ना २ ख ९६३८ नम्बरको ट्रकलाई तनँहु , ना ४ ख २४१० , ना ७ ख ४७८ , ना ५ ख ८४३० , आर जे १४ विइ १७५४ , ना ५ ख ७५४५ , ना ६ ख ४६९ नम्बरको ट्रकलाई काठमाडौँ र ना ८ ख ८५२२ नम्बरको ट्रकलाई मुग्लिङ फिर्ता पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

तस्बिर :फाइल फोटो