कोरोना अपडेट: मृत्यु हुनेको संख्या २ लाख ११ हजार नाघ्यो, ३० लाख ६५ हजार भन्दा बढी संक्रमित

कोरोना अपडेट: मृत्यु हुनेको संख्या २ लाख ११ हजार नाघ्यो, ३० लाख ६५ हजार भन्दा बढी संक्रमित

काठमाडौं,१६ वैशाख ।

 कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ११ हजार नाघेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को कारण हालसम्म विश्वभर २ लाख ११ हजार ६५८ जना मानिसको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म विश्वभर ३० लाख ६५ हजार ७ सय ५२ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । त्यस्तै हालसम्म संक्रमितमध्ये ५६ हजार ३ सय ५ जना मानिसको अवस्था गम्भिर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने हालसम्म ९ लाख २३ हजार ४५ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।