कोरोना अस्पताल सामान हिनामिना प्रकरण: छानविन समितिको संयोजकमाबस्न सक्दिन – पौडेल

कोरोना अस्पताल सामान हिनामिना प्रकरण:  छानविन समितिको संयोजकमाबस्न सक्दिन – पौडेल

चितवन ,१६ वैशाख  ।

चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले भरतपुर कोरोना अस्पतालमा भएको चोरीको घटना छानविन गर्न गठित समितिको संयोजकमा रहन नसक्ने स्पष्ट पारेका छन् । सो अस्पतालमा कार्यरत कर्मचारीबाट रातको समयमा सामान चोरी भएको भिडियो सार्वजनिक भएपछि भरतपुर कोरोना नियन्त्रण कार्यदलले संघका अध्यक्ष पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति वनाएको थियो । तर सो घटनाको छानविन समिति संयोजकमा वस्न असमर्थ रहेको संघले मंगलवार एक सुचना जारी गरेर जनाएको हो । हाल पौडेल संघका अध्यक्षनै छन् ।

उनै अध्यक्षले संयोजकमा रहन नसक्ने पत्र पत्र भरतपुर कोरोना नियन्त्रण कार्यदललाई पठाईएको छ । संयोजक वनाईएकोमा धन्यवाद दिदै पौडेलले छानविन समितिमा रही काम गर्नु पूर्व नै सो घटनाका सम्वन्धमा राजनितिक हिस्साबाट वक्तव्य तथा टिकाटिप्पणी र सुचना सार्वजनिक भईसकेको अवस्थामा चितवन उद्योग संघ जस्तो निष्पक्ष र गैरराजनितिक सामाजिक संंस्थाको अध्यक्षको हैसियतले सो समितिमा रही काम गर्नु संघको भावना विपरित हुने भन्दै संयोजकमा रहन असमर्थ रहेको पत्रमा लेखिएको छ । नेपाली काग्रेश चितवनले कोरोना अस्पतालमा भएको चोरीको घटनाका विषयमा छानविन गर्न र त्यसमा सलग्नलाई कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापन पत्र वुझाई सकेको छ । कोरोना अस्पतालमा कार्यरत तीन जना कर्मचारीले रातको समयमा सामान चोरी गरेको भिडियो सार्वजनिक भएको थियो । अहिलेको विषम परिस्थितीमा अस्पताल जस्तो ठाउँबाट त्यही कार्यरत कर्मचारीबाट सामान चोरी हुनु खेद जनक भन्दै अहिले यो विषयले जिल्ला तताएको छ ।