खैरहनी नगरपालिकाले कक्षा ८ को नतिजा सार्वजनिक गर्यो ( हेर्नुस् नतिजा )

खैरहनी नगरपालिकाले कक्षा ८ को नतिजा सार्वजनिक गर्यो ( हेर्नुस् नतिजा )

चितवन , १६ बैशाख

खैरहनी नगरपालिकाले आधारभुत शिक्षा परिक्षा ( कक्षा ८ ) २०७६ को नतिजा प्रकाशन गरेको छ । नगरपालिकाले आफ्नो वेबसाईटमा नतिजा सार्वजनिक गरेको हो । परिक्षामा ९२ दशमलव ९३ प्रतिशत विद्यार्थी ९ को लागि योग्य भएका छन् । परिक्षामा नगरभित्रका विभिन्न विद्यालयका एक हजार १ सय ३२ जना विद्यार्थीहरु सहभागी भएका थिए । सहभागी भएकाहरुमध्य एक हजार ५२ जना उतिर्ण भएका छन् भने ८० जनाले पुन परिक्षा दिनुपर्ने भएको छ । १ सय ८ जनाले ए प्लस , २ सय २ जनाले ए , २ सय ४५ जनाले बि प्लस , २ सय ७८ जनाले बि , २ सय ५ जनाले सि प्लस र १४ जनाले सि ल्याएका छन् ।