बलिउड अभिनेता इरफान खान अस्पताल भर्ना

बलिउड अभिनेता इरफान खान अस्पताल भर्ना

एजेन्सी,१६ वैशाख।

बलिउड अभिनेता इरफान खान अचानक स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना भएका छन्। इरफानलाई मुम्बईस्थित कोकीलाबेन अस्पतालमा आइसियूमा भर्ना गरिएको छ।

हालैमात्र इरफानकी आमा सइदा बेगमको निधन भएको थियो। उनले आमाभन्दा टाढा भएकाले भिडियो कन्फ्रेन्सबाट आमाको अन्तिम दर्शन गरेका थिए। उनी लकडाउनका कारण मुम्बईमा रोकिएका छन्। खान हालैमात्र क्यान्सरबाट पीडित भएका थिए। खानलाई न्युरोएडोक्राइन ट्युमर भएको थियो।

५४ वर्षीया इरफानको उपचार अहिलेपनि चलिरहेको छ। यही कारण उनी लामो समयदेखि बलिउडबाट टाढा रहेका थिए। हालै उनको फिल्म अंग्रेजी मिडियम रिलिज भएको थियो। कोरोना भाइरसका कारण उनको फिल्म व्यवसायिक रुपमा सफल भएको थिएन।