मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट कानूनविपरीत सेवासुविधा प्रदान

मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट कानूनविपरीत सेवासुविधा प्रदान

सुर्खेत,१४ साउन ।

सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय ९एमयू०का पदाधिकारी, शिक्षक तथा कर्मचारीले कानूनविपरीत सेवासुविधा लिएको पाइएको छ। विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आर्थिक नियमविपरीत एक करोड तीन लाख १२ हजार भत्ता लिएको महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ।

नेपाल सरकारको स्वीकृतिबिनै विभिन्न प्रकारका भत्ता रकम लिएको पाइएपछि असुलउपर गर्न विश्वविद्यालयलाई सो कार्यालयले सुझाव दिएको छ। मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ को दफा ३९ मा विश्वविद्यालयले नेपाल सरकारलाई आर्थिक दायित्व पर्ने गरी कुनै पनि पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिक तथा सेवासुविधा थप गर्नुअघि अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने उल्लेख छ।

तर, विश्वविद्यालयको कार्यकारी परिषद्ले अर्थ मन्त्रालयको स्वीकृति नलिई पदाधिकारीलाई विभिन्न प्रकारका भत्ताको नाममा भुक्तानी दिएको प्रतिवेदनले औँल्याएको छ। विश्वविद्यालयले एक करोडभन्दा बढी रकमको लेखापरीक्षणसमेत गराएको छैन। महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ऐन २०७६ को दफा ३३ अनुसार महालेखा परीक्षकबाट लेखापरीक्षण गराउनुपर्ने उल्लेख छ।

विश्वविद्यालयका पूर्वरजिष्ट्रारदेखि ठेकेदारको नाममा ४८ लाखभन्दा बढी रकम बेरुजु देखिएको छ। मानविकी सङ्कायको केन्द्रीय क्याम्पसको भवन निर्माण गर्ने कम्पनी कविररगोपालरजेभीको नाममा सबैभन्दा बढी २३ लाख ९० हजार बेरुजु छ। तत्कालीन रजिष्ट्रार ठगेन्द्रप्रसाद गिरीको नाममा दुई लाख १५ हजार, पूर्वरजिष्ट्रार डा। महेन्द्रकुमार मल्लको नाममा पनि २३ हजार ७० बेरुजु रहेको छ।

तत्कालीन अधिकृतस्तरका कर्मचारी जीवनकुमार थापाको नाममा ७० हजार, पूर्वउपकूलपति पदमलाल देवकोटाका स्वकीयसचिव सुदन गौलीको नाममा एक लाख ५७ हजार, अधिकृत गगनसिंह बोहोराका नाममा दुई लाख ४५ हजार ८८२ बेरुजु छ। तत्कालीन उपप्रध्यापक सुनिल देवकोटाका नाममा ५० हजार, तत्कालीन मुख्य सहायक स्टोर गणेशबहादुर केसीको नाममा एक लाख ३३ हजार, तत्कालीन अनुगमन अधिकृत पारसराम गिरीको नाममा एक लाख बेरुजु छ।

तत्कालीन मुख्य सहायक विजया गिरीको नाममा ३० हजार र कार्यालय सहयोगी निरञ्जन कार्कीका नाममा ३२ हजार, साविक वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा कार्यरत रहँदा सहप्राध्यापक शरदचन्द्र कश्यपको नाममा १० हजार ५००, उपप्राध्यापक गजेन्द्र भण्डारीका नाममा २० हजार, तत्कालीन इञ्जीनियरिङ सङ्कायका डिन ललितविक्रम राणाको नाममा ३० हजार बेरुजु छ। प्रकाश अधिकारीररासस