सावधान ! आफ्नै घरमा पालेको कुकुरले खायो बच्चाको गुप्ताङ्ग

सावधान ! आफ्नै घरमा पालेको कुकुरले खायो बच्चाको गुप्ताङ्ग

कालिकोट, १५ माघ

तपाईहरुले यदि घरमा कुकुर पाल्नु भएको छ भने निकै सजक हुनु पर्ने भएको छ ।

आफ्नै घरमा पालेको कुकुरले घरकै वालवालीकाहरुलाई सुताएको समयमा टोकेर मासु नै खान्छ भनेर कसलाई पो थाहा हुन्छ र !सावधान ! सोमवार यस्तै घटना भएको छ कालिकोट जिल्लाको राष्कोट नगरपालिकाको वडा नम्वर ३ साँगटियामा ।

हर्ष दर्जि र संगीता दर्जिका ३ महिने छोरा अविनास दर्जि कुकुरको टोकाईको सिकार भएका हुनु ।

घरमै सुताएर आमा वुवाहरु घरको काममा वाहिर गएको समयमा घरमै पालेको कुकुरले तीन महिने वालक अविनासको गुप्ताङ्ग सवै क्षद विक्षद गरि खाईदिएको छ ।

वालक अविनास भने गम्भीर घायल अवस्थामा आमा वुवाले भेटाएका छन । उनको उचार गाउँमा हुन नसके पछि जिल्ला अस्पताल मान्म ल्याइदै छ ।

सम्भवत जिल्ला अस्पतालमा पनि उपचार हुन सक्ने अवस्था नभएको स्थानीय स्वास्थ्यकर्मीहरुले वताएका छन ।

घर परिवार आर्थिक अवस्थामा निकै कमजोर र गरिव भएकाले टाढा लिएर उपचार गर्न कठिनाई भएको अविनासका वुवा हर्ष दर्जिले वताउनु भएको छ ।
बुवा दर्जिले घटना हेर्दा निकै गार्हो भएको भन्दै भावुक भएर आफ्नो सन्तानलाई वचाइदिन सवैमा सहयोगको अपिल गर्नु भयो ।

घाईते अविनासकी आमा संगीताले घरका सवै मान्छे कामका लागि घर वाहिर भएको वेला कहिलै यस्तो नगर्ने कुकुरले छोरालाई क्षद विक्षद पारेर गुप्ताङ्ग खाएको दुखेसो पोख्नु भयो ।

उहाँले आखाँ वाट आँसु झार्दै मेरो छोरा वचाई दिनु होस् , म गरिव घरपरिवारको मान्छे हु , सवैले सहयोग गरिदिनु होस् भन्दै अनुनय विनय गर्नु भयो ।

स्थानीय तथा प्रदेश सरकारको तर्फ वाट भने सहयोग हुन्छ भया हुदैन कुनै प्रतिक्रिया पाईएको छैन ।