दुई राउन्ड गोली प्रहार गरि ३२ किलो गाँजासहित तिनजना पक्राउ

दुई राउन्ड गोली प्रहार गरि ३२ किलो गाँजासहित तिनजना पक्राउ

मकवानपुर , १५ माघ ।
हेटौडाँमा प्रहरीले गोली प्रहार गरि ३२ किलो गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । गएराति साढे १२ बजेतिर भारतिय कारमा लैजादै गरेको ३२ किलो गाँजा र कारमा सवार तिनजनालाई प्रहरीले हेटौडा उपमहानगरपालिका वडा नं. ११ थानार्भयाङबाट पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौडाबाट प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको कमाण्डमा खटिएको चेकिङ टोलीले मनहरीतर्फबाट हेटौडा तर्फ आउँदै गरेको बि आर ०६ जे ४४५८ नम्बरको कारलाई रोक्न खोज्दा भाग्ने प्रयास गरेको र प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको थियो ।

कारको टायरमा फायर गरी कारलाई नियन्त्रणमा लिई कार चालक भारत मुजफपुर बस्ने बर्ष ३५ को संजित पासवान, कारमा सवार रहेका भारत मुजफपुर बस्ने बर्ष ३५ को अजैमल हवारी र भारत मुजफपुर बस्ने बर्ष ४५ की जाहेरा खातुन लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक सुशिलसिंह राठौरले जानकारी दिए । कारको पछाडीको सिटमुनी फल्स बटम बनाई १६ वटा पोकामा ३२ किलो लागु औषध गाँजा फेला परेको राठौरले बताए ।