
काठमाडौं, १५ माघ
रामेछापको खाँडादेवी गाउँपालिका–२ का दुई दर्जन नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
स्थानीय नेता राम कुमार कार्कीको नेतृत्वमा रामहरी कार्की, हरि कार्की लगायतका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बूढानीलकण्ठमा आयोजित एक कार्यक्रमका बीच उनीहरु काँग्रेसमा प्रवेश गरेको एक काँग्रेस नेताले जानकारी दिए ।