भुवानीशंकर कलेजमा विद्यार्थीहरुद्धारा तोडफोड

भुवानीशंकर कलेजमा विद्यार्थीहरुद्धारा तोडफोड

चितवन , १५ माघ। 
पूर्वीचितवनको खैरहनीमा रहेको भुवानीशंकर बहुमुखी कलेजमा विद्यार्थीहरुले तोडफोड गरेका छन् ।शुल्क बृद्धिको विरोध भइरहेकोबेला विद्यार्थीहरुले कलेजमा आज बिहान तोडफोड गरेका हुन् । शुल्क बृद्धिको विरोधमा विभिन्न विद्यार्थी संगठनहरुले कलेज प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दै आएका थिए ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन , संयुक्त विद्यार्थी युनियन , नेपाल विद्यार्थी संघ लगायतले कलेजमा तालाबन्दी गरेका थिए । संयुक्त विद्यार्थी युनियनले लगाएको तालामाथी नेविसंघले पुन ताला लगाएको भन्दै संयुक्त विद्यार्थीको टोलीले नेविसंघले लगाएको ताला फुटाएका थिए । त्यस लगत्तै आफुहरुले लगाएको ताला फुटाएको भन्दै नेविसंघ आक्रोशित भएको र दई संगठनका विद्यार्थीहरुबिच विवाद भएको थियो । सोहि विवादको बेला केहि विद्यार्थीहरुले कलेजमा तोडफोड गरेको कलेजका प्रमुख दिपेन्द्र चौधरीले जानकारी दिए । तोडफोडबाट ढोका ,झ्याल फुटेको चौधरीले बताए ।

संयुक्त विद्यार्थी युनियनले नेविसंघले कलेजमा तोडफोड गरेको आरोप लगाएको छ भने नेविसंघले तोडफोड नगरेको जनाएको छ । कलेजले चालु शैक्षिक शस्त्रमा २० प्रतिशत शुल्क बृद्धि गरेको भन्दै विद्यार्थीहरु आन्दोलित हुदै आएका थिए ।