विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख ५८ हजार नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख ५८ हजार नाघ्यो

काठमाडौं,१४ मंसिर ।

विश्वभर कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १४ लाख ५८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १३ हजार २९६ जनाको मृत्यु भएको छ । यसअघि एकैदिन सबैभन्दा धेरै अप्रिल १७ मा १२ हजार ४८२ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ७ लाख ४७ हजार ८२ छ । एकैदिन यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो । यसअघि सबैभन्दा धेरै नोभेम्बर १४ मा ६ लाख ६८ हजार ९५३ मा संक्रमण पुष्टि भएको थियो ।

विश्वका धेरै देशमा केही समय कमी आएको संक्रमण दर पुनः बढ्न थालेपछि दैनिक संक्रमित तथा मृत्यु हुने दर पनि बढ्दै गएको छ ।

हालसम्म कोरोनाका कारण विश्वमा १४ लाख ५८ हजार १०३  जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या ६ करोड २५ लाख ६३  हजार १८४ पुगेको छ ।